काठमाडौं, २४ माघ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा.बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। १२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएका छन् ।
बाबुराम भट्टराईले अब सार्वजनिक कार्यक्रममा फर्कने बताएका छन् । उनले स्वास्थ्यलाभको कामना गर्ने सबैमा धन्यवाद दिएका छन् ।
