बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, आठ लाख काठमाडौं आइपुग्यो 

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, आठ लाख काठमाडौं आइपुग्यो 


  • 9.2K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, आठ लाख काठमाडौं आइपुग्यो 

    काठमाडौं, २४ माघ। बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ।

    images

    नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो जानकारी दिएकी हुन्।

    ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ।  आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ।’

    बाँकी खोपहरु केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ। 

    ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन्। 

     

  • सम्बन्धित विषय:

  • # बेलायत

  • तेस्रो आँखा