काठमाडौं, २४ माघ । २४ घण्टामा नेपालभर कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा एक हजार पाँच सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नेपालभर ११ हजार तीन सय ६५ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ७० जनामा कोरोना संक्रमण देखिएको हो ।
सात हजार आठ सय ७४ जनाको पिसिआर परीक्षणका क्रममा एक हजार २२ र तीन हजार चार सय ९१ जनाको एन्टिजेन परीक्षणका क्रममा पाँच सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा छ हजार एक सय ४६ कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोराना संक्रमितको संख्या ४० हजार एक सय ११ रहेको छ ।
