पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस

पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस


  • 3.2K
    SHARES
    • जेठ २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस

    दाङ, २० जेठ । चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर ३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ । 

    images

    बहसमा सहभागी नेपाली चलचत्रिका अभिनेता निखिल उप्रेतीले चलचित्र नै पर्यटन प्रवर्द्धनको सशक्त माध्यम रहेको बताउनुभयो । “पर्यटन प्रवर्द्धनका लागि चलचित्र नै सबैभन्दा उत्तम र सबैको पहुँच पुग्ने माध्यम हो”, उहाँले भन्नुभयो । 

    कुनै ठाउँको पर्यटनको विकासमा चलचित्र छायाङ्कनले सहयोग पुग्ने उहाँको धारणा थियो । नेपालमा धेरै राम्रा ठाउँमा चलचित्र छायाङ्कन गर्न सकिने भए पनि निर्माताहरुको ध्यान जान नसकेको उहाँले बताउनुभयो । “दाङमै पनि फिल्म छायाङ्कनका लागि राम्रा राम्रा ठाउँ छन्,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म त्यस्ता ठाउँमा फिल्म छायाङ्कन गर्न सकिएको छैन ।” नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको वृद्धि गर्ने उहाँको भनाइ छ ।

    सोही कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो पालिकामा सुकेकोट, छहरा, हारीचारलगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गर्न सकिने पर्यटकीय स्थल रहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृतिविद् डा गोविन्द आचार्यले पर्यटकीय गन्तव्यहरुको प्रचार गर्न नसक्दा ती क्षेत्र ओझेलमा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सबै पालिकाले आआफ्नो ठाउँको प्रचार गर्नुपर्ने बताउनुभयो । 

    शान्तिनगर ३ सुइकोट पश्मिम दाङको शक्तिपीठका रुपमा प्रसिद्ध छ । उक्त मन्दिरमा नवदुर्गाको अष्टमीका दिन बलि चढाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ ।


    तेस्रो आँखा