काठमाडौं, २६ माघ। पछिल्लो २४ घण्टामा नेपालभर थप दुई हजार चार सय एक जना कोरोना संक्रमित थपिएका छन्।
१६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
११ हजार छ सय तीन जनाको पिसिआर परिक्षणका क्रममा एक हजार आठ सय ५१ जनामा र चार हजार सात सय ५३ जनाको एन्टीजेन परिक्षणका क्रममा पाँच सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४ जनाको मृत्यु भएको छ भने सात हजार सात सय ७७ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमित संख्या ३० हजार दुई सय ४१ रहेको छ।
