थप एक हजार ३६९ जनामा संक्रमण 

थप एक हजार ३६९ जनामा संक्रमण 


  • 6.3K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    थप एक हजार ३६९ जनामा संक्रमण 

    काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार तीन सय ६९ जना कोरोना संक्रमित थपिएका छन्।

    images

    ११ हजार आठ सय ८० जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयकाअनुसार आठ हजार आठ सय ८० जनाको पिसिआर परीक्षणका क्रममा एक हजार १३ जनामा र तीन हजार एन्टीजेन परीक्षणका क्रममा तीन सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको छ। त्यस्तै दुई हजार दुई सय ३८ जना कोरोना संक्रमित निको भएका छन्। हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार चार रहेको छ।  

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा