• ट्रेण्डिङ्ग :
प्रतिष्ठानमा फार्मेसी र नाम दर्तासहित विलिङ काउन्टर थप

प्रतिष्ठानमा फार्मेसी र नाम दर्तासहित विलिङ काउन्टर थप


  • 5.0K
    SHARES
    • आषाढ ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.6K Views

    प्रतिष्ठानमा फार्मेसी र नाम दर्तासहित विलिङ काउन्टर थप

    दाङ  ५ असार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी र नाम दर्तासहीत विलिङ काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचार गर्न आउने विरामीको संख्या पछिल्लो पटक दिनप्रतिदिन बढ्दै जाँदा नाम लेखाउने, विलिङ गर्ने र औषधि किन्नेमा भिडभाड हुन थालेपछि त्यसलाई ध्यान दिदै काउन्टर थप गरीएको प्रतिष्ठानका उपकुलपति डा। विकास लामीछानेले बताउनु भयो ।

    images

    अस्पतालमा भिडभाड हुँदा सेवा प्रवाहमा असहजता थपिएको विरामीवाट गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने प्रयास स्वरुप अहिले नयाँ फार्मेसि भवनमा ६ वटा काउन्टर थप गरीएको प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले बताउनु भयो । यसअघि प्रतिष्ठानले ५ वटा काउन्टरवाट औषधि किन्न आउने विरामीहरुलाई सेवा प्रवाह गर्दै आइरहेकोमा त्यसलाई बढाएर लगिएको उहाँले बताउनु भयो । प्रतिष्ठानका फार्मेसि इञ्चार्ज अशोक सुवेदिले नयाँ फार्मेसी भवनमा जनशक्तिसहीत काउन्टर थप भएपछि विरामीको सेवा प्रवाहमा थप सहजता आउने विश्वास ब्यक्त गर्नु भयो ।

    त्यस्तै प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरुको नाम दर्ता र विलिङमा थप २ वटा काउन्टर थपिएको  छ । नाम दर्ता र विलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहजतामा पुर्याउन थप २ वटा काउन्टर थप गरीएको प्रतिष्ठानका कामु निर्देशक डा। रमेश कडेलले बताउनु भयो । फार्मेसिसहीत नाम र विलिङमा अस्पताल प्रशासनले काउन्टर थपेपछि उपचार सेवा लिन आएका विरामीले सेवा अव थप प्रभावकारी हुने बताएका छन् । हाल प्रतिष्ठानमा दैनिक ७ सय बढि विरामीले विभिन्न विभागवाट विशेषज्ञ सेवा पाइरहेका छन् । पछिल्लो पटक अस्पतालमा नयाँ–नयाँ विशेषज्ञहरु आएर सेवा दिन थालेपछि प्रतिष्ठानमा विरामीकोे चाप ह्रवात्तै बढेको छ ।


    तेस्रो आँखा