• ट्रेण्डिङ्ग :
दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन


  • 2.8K
    SHARES
    • आषाढ ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

    तनहुँ ९ असार । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । 

    images

    कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो ।  

    अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा. बरालले जानकारी दिनुभयो । 

    एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ । 


    तेस्रो आँखा