काठमाडौं, २९ माघ । पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। छ हजार ६६सय ५४ जनामा गरिएको नमूना परीक्षणमा आठ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा एक हजार आठ सय २६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।
देशभर २६१०२ जना सक्रिय संक्रमित रहेका छन्।
