• ट्रेण्डिङ्ग :
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई


  • 4.3K
    SHARES
    • आषाढ १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.5K Views

    नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

    काठमाडौँ, १२ असार/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।

    images

    प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।


    तेस्रो आँखा