• ट्रेण्डिङ्ग :
प्रतिष्ठानमा छाला तथा यौन रोगको उपचार सेवा

प्रतिष्ठानमा छाला तथा यौन रोगको उपचार सेवा


  • 5.1K
    SHARES
    • आषाढ १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.8K Views

    प्रतिष्ठानमा छाला तथा यौन रोगको उपचार सेवा

    दाङ १६ असार/ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमवारदेखि नियमितरुपमा छाला तथा यौन रोगको उपचार सेवा सुरु हुने भएको छ । केही समयदेखि विशेषज्ञ चिकित्सकको अभाबमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखी सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु भएको जानकारी दिनु भयो ।

    images

    छाला तथा यौन रोग विशेषज्ञ डा. सविना सिटौला आइतवार अस्पतालमा हाजिर भएको र भोलि सोमवारदेखी अव हरेक दिन नियमीत रुपमा ओपीडिवाट पनि सेवा सुरु हुने बताउनु भयो । यसअघि छालाका विरामीहरु अस्पतालमा विशेषज्ञ सेवा नहुँदा उपचार पाउन सकेका थिएनन् । प्रतिष्ठानको नेतृत्वको लामो समयको प्रयासपछि छाला तथा यौन रोगको उपचार फेरी सुरु भएको हो । त्यस्तै प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा। सरोज उप्रेतीले सेवा सुरु गरेसंगै सेवा लिने विरामीको संख्या पनि बढ्दै गएको छ । हाल प्रतिष्ठानमा मानसिक रोग भएका बिरामिहरुको उपचारका लागि १० शैयाको उपचार कक्ष समेत रहेको प्रतिष्ठानका कामु निर्देशक डा। रमेश कडेलले बताउनु भयो ।

    प्रतिष्ठानका रजिष्ट्रार लम्सालले प्रतिष्ठानमा नयाँ–नयाँ विशेषज्ञहरु थपिदै जाँदा अस्पतालमा सेवा लिन आउने विरामीहरुको चाप पनि बढ्दै गएको बताउनु भयो । प्रतिष्ठानमा नभएका अन्य विशेषज्ञ सेवाहरु पनि थप्ने प्रकृयामा रहेको पनि यसका लागि पहल जारी रहेको उहाँले बताउनु भयो । प्रतिष्ठानमा आगामी आ.व. २०८१/०८२ मा १० करोड लागतको क्याथ्लाब् मेसिन खरिद गरेर मुटुरोग उपचार शुरू गर्ने योजना रहेको रजिष्ट्रार प्रा। लम्सालले बताउनुभयो । उहाँले भविश्यमा प्रतिष्ठानले न्युरो सम्बन्धी उपचार सेवा स्थापना गर्ने योजना बनाएको समेत् बताउनु भयो ।


    तेस्रो आँखा