२४ घण्टामा थपिए पाँच सय २१ कोरोना संक्रमित

२४ घण्टामा थपिए पाँच सय २१ कोरोना संक्रमित


  • 6.5K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    २४ घण्टामा थपिए पाँच सय २१ कोरोना संक्रमित

    काठमाडौं, १ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर थप पाँच सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    नेपालभर १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    जम्मा छ हजार ३७ जनाको पिसिआर परीक्षणका क्रममा चार सय २७ जनामा र चार हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ९४ जनामा कोरोना संक्रमण देखिएको हो।

    २४ घण्टामा कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार नौ सय ३५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको हो।

    मन्त्रालयको अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ८४ रहेको छ।  

        


    तेस्रो आँखा