• ट्रेण्डिङ्ग :
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने


  • 2.7K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

    कञ्चनपुर, २५ असार/ कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । 

    images

    स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उहाँले आग्रह गर्नुभयो । “बाढीमा परेर चोटपटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म पाँचजनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ”, अध्यक्ष भट्टले भन्नुभयो ।  

    बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ परिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताउनुभयो । “बस्तीमा पानी घट्न थालेपछि बाढी प्रभावित घर फर्किन थालेका छन्”, उहाँले भन्नुभयो,“प्रभावितका लागि खान बस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।” 

    बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रात्मक रोगको जोखिम बढेको छ । चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्घ पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।


    तेस्रो आँखा