• ट्रेण्डिङ्ग :
२४ घण्टामा सात सय ४७ जनामा काेराेना संक्रमण पुष्टि

२४ घण्टामा सात सय ४७ जनामा काेराेना संक्रमण पुष्टि


  • 9.2K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    २४ घण्टामा सात सय ४७ जनामा काेराेना संक्रमण पुष्टि

    काठमाडौं, २ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा सात सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा संक्रमण पुष्टि भएको हाे । 

    यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार तीन सय १९ जना निको भएका छन् । योसहित कोरोना संक्रमण मुक्त हुनेको संख्या नौ लाख ४० हजार नौ सय दुई जना पुगेको छ। अहिले नेपालमा २० हजार सात सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण आठ जनाको ज्यान गएको छ । याेसँगै हाल नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय पुगेको छ ।

     


    तेस्रो आँखा