अभिनेत्री रेखा थापाले सुटुक्क विवाह गरिन्

अभिनेत्री रेखा थापाले सुटुक्क विवाह गरिन्


  • 19.8K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 30.5K Views

    अभिनेत्री रेखा थापाले सुटुक्क विवाह गरिन्

    काठमाडौं, २ फागुन। अभिनेत्री रेखा थापाले सुटुक्क विवाह गरेकी छन्। थापाले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग  कोर्ट म्यारिज गरेको बताइएको छ । 

    images

    रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् । उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका बताइएको छ । 

    अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो। यसअघि उनले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। ओझासँगकाे वैवाहिक सम्बन्ध १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएपछि एक्लै बस्दै आएकी थिइन् । 


    तेस्रो आँखा