युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड


  • 7.0K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड

    एजेन्सी, ३ फागुन । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन्।

    images

    रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानकारी दिए ।

    वार्तामा महासचिव गुटरेसले वर्तमान संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिएको प्रवक्ता स्टेफेन डुजारिकले बताए ।

    ‘युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरुसँगको वार्तामा गम्भीर चासो देखाएका थिए’ डुजारिकले भने । सो अवसरमा तनाव शान्त पार्न जारी कूटनीतिक वार्ताको महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको बताए ।

    महासचिव गुट्रेस र उनका प्रवक्ता डुजारिकले रसियाले युक्रेन अतिक्रमण नगर्नेमा आफूहरु अझै पनि विश्वस्त भएको बताएका थिए ।

    ‘मलाई यो विश्वास छैन् की उहाँको धारणा परिवर्तन भएको छ,’ राष्ट्रसंघको प्रधान कार्यलयमा आयोजित दैनिक ब्रिफिङमा प्रवक्ताले भने। 

     


    तेस्रो आँखा