तुलसीपुर, ३१ असार । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडि टिकट शूल्क लाग्ने भएको छ । यस अघि निःशूल्क ओपिडि कार्ड उपलब्ध गराउदै आएकोमा श्रावणदेखि शूल्क लाग्ने भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले अब एउटा ओपिडि कार्ड बनाउदा २० रुपैयाँ लाग्ने छ भने एकपटक बनाई सकेको कार्डलाई पुनः दर्ता गर्दा १० रुपैयाँ लाग्ने निर्णय भएको जानकारी दिनुभयो ।
ओपिडि कार्डमा सेवाग्राहीलाई छुट दिएको रकम प्रदेश सरकारले उपलब्ध गराउने सहमति भएकोमा सरकारले रकम उपलब्ध नगराएपछि अस्पतालले शूल्क लिन लागेको हो । छुट दिइएको शुल्क बापतको २० लाख रुपैया प्रदेश सरकारले दिन नसकेपछि ओपिडि शुल्क लिने तयारी गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले बताउनुभएको छ ।
अस्पतालले केही बर्ष अघिदेखि निशुल्क रुपमा ओपिडि कार्ड उपलब्ध गराउदै आएको थियो ।
