दंगीशरण/ दंगीशरण ७ को बुटनियामा नवनिर्मित योगहल भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण सम्पन्न भएको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरीबाट विधिबत रुपमा उद्घाटन गरीएको हो ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सारीरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताउनुभयो । समाजमा पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको बताउनुभयो ।
अहिले उद्घाटन गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ७ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताउनुभयो ।रोग शोक र भोगको निराकरण गर्ने एकमात्र उपाय योगनै रहेको बताउदै गिरीले आफु निर्वाचित भएर आइसकेपछी एक वडा एक योगहल निर्माणको अबधारणा अनुरुप आफु अगाडी बढेको समेत जानकारी दिनुभयो ।
भवन उद्घाटन अवसरमै बोल्दै वडा न ७ का वडा अध्यक्ष रेशम वलिले योगहल निर्माणले बिहान योग प्रणायाम र दिउसोको समयमा जुनसुकै कार्यक्रम गर्नमिल्ने गरी योगहलको निर्माण भएको बताउनुभयो ।आफु समेत योगमा जोडिने बताउने वडा अध्यक्ष वलिले सवैमा योग प्रणायाम र ध्यानको महत्त्ववारे बुझेर समाजलाइ स्वस्थ र सस्कारयुक्त बनाउन लागि पर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्नु भएकोथियो । सह प्रभारी चधरीले योगको वारे बोलेर भन्दा पनि अभ्यास बाट मात्र पुरा हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा माध्यामिक विधालय श्रीगाउँका शिक्षक दिपकनाथ योगि ,पतनजलि योग समिती दंगीशरणका प्रभारी दिपक बिष्ट ,नगर सह प्रभारी ओझ बहादुर खड्का,सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउँका प्रधानाध्यापक श्रीधर शर्मा लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।
उद्घाटन कार्यक्रम वडा न ७ का वडा अध्यक्ष रेशम वलिको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीको बिशिस्ट आथित्यतामा भएकोथियो ।
योग भवनका सचिव पदमराज आचार्यको स्वागत मन्तव्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण पतन्जलि योग समितीका सचिव कुलराज देवकोटाले गर्नुभएकोथियो ।
