काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा नेपालभर थप छ सय ८० जनामा कारोना संक्रमण पुष्टि भएको छ।
जम्मा नेपालभर सात हजार ९५ जनाको नमुना परीक्षणका क्रममा छ सय ८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चार हजार दुई सय ५६ जनाको पिसिआर परीक्षणका क्रममा चार सय ९८ जनामा र दुई हजार आठ सय ३९ जनाको एन्टीजेन परीक्षणका क्रममा एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा नेपालभर कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने एक हजार आठ सय ३५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अनुसार हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार चार सय रहेको छ ।
