देशभर एक हजार ६५७ जना डेंगु संक्रमित 

देशभर एक हजार ६५७ जना डेंगु संक्रमित 


  • 2.8K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    देशभर एक हजार ६५७ जना डेंगु संक्रमित 

    काठमाडौं ६ साउन/ वर्षायाम सुरु भएसंगै देशैभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हाल देशभर एक हजार ६५७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गका कीटजन्य शाखाका अनुसार हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको हो ।

    images

    इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५७०, कोशी प्रदेशमा ३९६ जनामा डेंगु पुष्टि भएको छ ।

    त्यसैगरी, गण्डकी प्रदेशमा २५६, लुम्बिनी प्रदेशमा १९६, सुदूरपश्चिममा १७५, मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३  जनामा डेंगु पुष्टि भएको हो । 

    जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १९६, झापामा १२८ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

    उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन चिकित्सकहरुको सुझाव छ ।


    तेस्रो आँखा