इनारबाट मोटर निकाल्ने क्रममा करेन्ट लागेर घर्ती घाइते 

इनारबाट मोटर निकाल्ने क्रममा करेन्ट लागेर घर्ती घाइते 


  • 3.9K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    इनारबाट मोटर निकाल्ने क्रममा करेन्ट लागेर घर्ती घाइते 

    तुलसीपुर ६ साउन/ इनारबाट मोटर निकाल्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाडी निवासी ४० वर्षीय अमर बहादुर घर्तीलाई आफ्नै घरको ईनारबाट मोटर निकाल्ने  क्रममा करेन्ट लागेको हो ।

    images

    आइतबार मध्यान्न १२ बजेको समयमा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी निरिक्षक थापाले बताए । 


    तेस्रो आँखा