तुलसीपुर ८ साउन/सर्पले डसेर ३ वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । तुलसीपुर उपमहानगरपालिा वडा नं. १२ कौवापुर निवासी लक्ष्मी चन्दकी ३ वर्षीया छोरी सृजना चन्दलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले डसेको हो ।
मंगलबार बेलुका ६ बजेको समयमा सर्पले बालिकाको दायाँ खुट्टामा डसेको थियो । सर्पले डसेर शक्त विरामी बालिकाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
