सौर्य जहाज दुर्घटना : गृहमन्त्री लेखक विमानस्थलमा

सौर्य जहाज दुर्घटना : गृहमन्त्री लेखक विमानस्थलमा


  • 3.7K
    SHARES
    • श्रावण ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सौर्य जहाज दुर्घटना : गृहमन्त्री लेखक विमानस्थलमा

    काठमाडौं, ९ साउन/सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । 

    images

    विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । यस्तै जहाजमा १९ जना सवार रहेको जनाइएको छ ।

    जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी रहेको बताइएको छ । 


    तेस्रो आँखा