• ट्रेण्डिङ्ग :
भारतबाट एक अर्बको आलु आयात

भारतबाट एक अर्बको आलु आयात


  • 3.3K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    भारतबाट एक अर्बको आलु आयात

    बाँके, १० साउन । बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । 

    images

    नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । 

    आलु आयातबाट आव २०७९/८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ । 


    तेस्रो आँखा