काठमाडौं, ५ फागुन । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम एपीएफ भिड्दै छन् ।
दशरथ रंगशालामा हुने खेलमा दुबै टोली एक अर्काको विरुद्धमा जितको लागि मैदानमा उत्रने छन् ।
उपाधि होडबाट बाहिरिसकेको मनाङ एक अर्को जितको अपेक्षामा मात्र मैदानमा उत्रने छ ।
उपाधि भने मछिन्द्रले दुई खेल खेल्नु अगावै आफ्नो पोल्टामा पारिसकेको छ ।
