रोल्पामा सञ्चालित शिविरबाट ३ सय ३० जनाले सेवा लिए

रोल्पामा सञ्चालित शिविरबाट ३ सय ३० जनाले सेवा लिए


  • 4.4K
    SHARES
    • श्रावण १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.8K Views

    रोल्पामा सञ्चालित शिविरबाट ३ सय ३० जनाले सेवा लिए

    रोल्पा, १७ साउन । रोल्पामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३३० जनाले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा साउन १४ गतेबाट सञ्चालन भएको शिविरमा उक्त संख्यामा बिरामीले सेवा लिएका हुन् ।

    images

    शिविर साउन १४ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो । साउन १४ गते ३६ जना , १५ गते १०० जना, १६ गते १२४ जना र १७ गते ७० जना गरी ३३० जनाले हाडजोर्नी नशा रोग सम्बन्धी स्वास्थ्य जाँच गराएका छन् ।

    शिविरमा हड्डी खिइएको, भाचिएको, नशा च्यापिएको, ढाड कम्मर दुख्ने युरिक एसिड, वाथ रोग, जोर्नी सम्बन्धी समस्या, शरीर, हात र खुट्टा झम्झमाउने लगायतको चेकजाँच गरिएको थियो ।

    452246956_1141945690223625_4329394513495893719_n.jpg
    undefined

    १६ गतेसम्म सञ्चालन हुने भनिएको शिविर नाम दर्ता भएका बिरामीको स्वास्थ्य जाँच सोही समयमा नसकिएको हुँदा १७ गते सम्म चेकजाँच गरिएको रोल्पा अस्पतालका सुचना अधिकारी कुल बहादुर डाँगीले जानकारी दिनुभयो।

    शिविरमा २०४ जना बिरामीलाई फिजियोथेरापी, १ जनामा टिभी देखिएको, ३९ जनालाई जोर्नीमा सुई दिइएको र १ जनालाई फोक्सोसम्बन्धी समस्या भएको हुँदा बाहिर रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    रोल्पा अस्पताल रेउघा रोल्पाको आयोजनमा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका हाडजोर्नी नशा रोग विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसीले विरामीहरुको चेकजाँच गर्नु भएको थियो ।


    भरत विश्वकर्मा
    लेखकबाट थप