छाडा कुकुरको टोकाइबाट महिला गम्भीर घाइते 

छाडा कुकुरको टोकाइबाट महिला गम्भीर घाइते 


  • 9.7K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 14.9K Views

    छाडा कुकुरको टोकाइबाट महिला गम्भीर घाइते 

    दंगीशरण २१ साउन/ दंगीशरणमा छाडा कुकुरको टोकाईबाट एक महिला गम्भीर घाइते भएकी छिन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ रावतगाउँ निवासी जानकी चौधरीलाई आइतबार छाडा कुकुरले टोकेको थियो ।

    images

    कुकुरले चौधरीको आधा कान खाएको छ भने निधार आँखा कान लगायत शरिर भरी छिथोरेको छ । अहिले घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको दंगीशरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले तेस्रो आँखालाई जानकारी दिनुभयो ।

    यसैबीच पालिका अध्यक्ष शम्भु गिरीले चौधरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएर स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको छ । पछिल्लो समय दंगीशरणमा छाडा कुकुरहरुको बिगबिगी बढेको छ ।

    453778410_1202213754156054_9135868590923245165_n.png
    undefined


    तेस्रो आँखा