डेरी व्यवसायीद्वारा राहत प्रदान

डेरी व्यवसायीद्वारा राहत प्रदान


  • 3.3K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    डेरी व्यवसायीद्वारा राहत प्रदान
    घोराही, २१ साउन । डेरी व्यवसायी संघ दाङले पीडित दुईजना डेरी व्यवसायीलाई राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको अम्विकेश्वरी डेरीका संचालक इश्वरी प्रसाद रिजाललाई १० हजार रुपैया र पन्त डेरीका संचालक गोमा पन्तलाई १९ हजार पाँच सय रुपैया प्रदान गरिएको हो । 
     
    डेरी व्यवसायी संघ दाङका अध्यक्ष मन बहादुर बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल डेरी एशोसियसन लुम्विनी प्रदेशका पूर्वउपाध्यक्ष खेमराज घिमिरेलगायतले राहत प्रदान गर्नुभएको थियो । अम्विकेश्वरी डेरीमा भएको आगलागीमा राहत स्वरुप र पन्त डेरीका संचालक क्यान्सर पीडित भएकाले रकम प्रदान गरिएको सचिव शक्ति पौडेलले जानकारी दिनुभयो । 
     
    सोही कार्यक्रममा डेरी व्यवसायीहरुले ‘गुणस्तरीय दूध उत्पादन तथा होम डेलिभरी व्यवस्थापन’ विषयमा छलफल समेत गरेका थिए । कार्यक्रममा विमल पोख्रेल, दलबहादुर बस्नेत, पिमलाल पोख्रेल, विष्णु पौडेल, घनश्याम पौडेल, कुलप्रसाद पौडेल, प्रकाश रजौरे, माधव शर्मा, नोम बहादुर केसी लगायतले बोल्नुभएको थियो । 
     
    कार्यक्रममा बोल्नेहरुले दूधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिंदै होम डेलिभरी गर्दा समय र इन्धनको खर्च भइरहेकाले पसलबाटै विक्रिदर बढाउनुपर्ने बताएका थिए । 
     
    सोही क्रममा होम डेलीभरी व्यवस्थापन गर्नका लागि स्थानीय सरोकारवालासँग समन्वय बढाउने निर्णय गरिएको थियो । जसका लागि संघका अध्यक्ष मनबहादुर बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यक्रमको संचालन डेरी व्यवसायी संघ दाङका सचिव शक्ति पौडेललले गर्नुभएको थियो ।


    तेस्रो आँखा