• ट्रेण्डिङ्ग :
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


  • 3.6K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

    पाल्पा, २३ साउन । गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् ।

    images

    घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताउनुभयो । चालु आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीसवटा  अण्डा पनि दिइने स्वास्थ्यचौकीले जनाएको छ । 

    यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले  जानकारी दिनुभयो ।


    तेस्रो आँखा