• ट्रेण्डिङ्ग :
फोनिजको २५ औं स्थापना दिवसको अवसरमा रक्तदान

फोनिजको २५ औं स्थापना दिवसको अवसरमा रक्तदान


  • 4.9K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.6K Views

    फोनिजको २५ औं स्थापना दिवसको अवसरमा रक्तदान

    तुलसीपुर २७ साउन/ नेपाल आदिवासी जनजाति प्रत्रकार संघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी तुलसीपुर स्थित रक्त सञ्चार केन्द्रमा आईतवार रक्तदान गरि स्थापना दिवस मनाइको हो ।

    images

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षयतामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा चेतना न्यौपाने, सञ्जय घर्ती, जीवन चन्द, दुर्गा भण्डारीलगायतले रक्तदान गर्नुभएको थियो ।

    रक्तदान नै जीवन दान भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष राम्जाले जानकारी दिनुभयो । रक्त सञ्चार केन्द्र तुलसीपुरमा रगतको अभाव भएको जानकारी भएपछि  वार्षिकत्सवको अबसरमा रक्तदान आयोजना गरेको उहाँले बताउँनुभयो । कार्यक्रमको सहजीकरण दिप्तिशिखा चौधरीले गर्नुभएको थियो ।


    तेस्रो आँखा