तुलसीपुर, ३० साउन । २५ औ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज युवासँग उधमशिलताको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर स्तरीय युवा सञ्जाल र तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा नगर युवा सञ्जालका अध्यक्ष ओत बहादुर भण्डारी (गणेश)को अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति एवम् उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उधमशिलतालाई बढि फोकस गर्दै हाल नेपालमा एउटा अर्थतन्त्र बलियो बनाउन तुलसीपुरमा ३ हजार ७ सय व्यवसायहरु रहेको बताउनुभयो । उहाँले विभिन्न प्रकारका उद्योग सम्बन्धी कार्य, व्यवसाय नवीकरण गर्ने जस्ता कार्यमा सहजीकरण गर्न तुलसीपुर उद्योग वाणिज्य संघले मद्दत गर्ने बताउनु भयाे । त्यस्तै अध्यक्ष केसीले तीन बर्षको लक्ष्यमा सुन्दर तुलसीपुर समृद्ध तुलसीपुर, उधमशिलताशाला खोल्ने र उधमिहरुलाई विशेष सेवामा पहुँच पुर्याउन मद्दत गर्ने बताउनु भयाे ।
सञ्जालकी सदस्य प्रकृति पुनले स्वागत मन्तव्य राख्दै युवा एक विकासको नयाँ धारण ल्याउने पक्ष हो । त्यसैले युवाहरुले आफ्नो अमुल्य समयलाई उचित व्यवस्थापन गर्ने, निश्चित लक्ष्य लिने, आफुले स्वत्रन्त रुपमा निर्णय लिने,आफ्नो पेसालाई निरन्तरता दिने, सधै सकारात्मक सोच लिएर अगाडि बढेमा सफल हुन सकिने बताउनु भयो ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत बावुराम न्यौपानेले व्यक्ति सफल हुनलाई धेरै कुरामा ध्यान दिनुपर्ने बताउनु भयाे । उहाँले आफुले आफैलाई विश्वास गर्ने, सकारात्मक सोच राख्ने, लक्ष्य निर्धारण गर्ने, सफलताको कल्पना गर्ने, राम्रो साथीको संगत गर्ने, तनाव व्यवस्थापन गर्ने, आत्मसमीक्षा तथा मुल्यांकन गर्नुपर्ने जस्ता कुराहरुलाई विशेष ख्याल राख्दै युवालाई अघि बढ्न आग्रह गर्नुभयाे । साथै युवाहरु व्यावसायिक क्षेत्रमा आआफ्नो तरिकाबाट लागीपर्ने हो भने पनि अवश्य सफल हुने उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत बाबुराम न्यौपाने, सागर सुवेदी, सक्सेस एजुकेसन कन्सलटेन्सी र भिम प्रकाश वलीलगायतलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रमका सभाअध्यक्ष ओत बहादुर भण्डारीले अन्तर्राष्ट्रिय युवा दिवसले युवालाई थप हर्ष र उत्साह प्रदान गर्ने, देशको विकास गर्न सक्ने क्षमता प्रदान गर्ने बताउनु भयो । उहाँले व्यक्तिले आफैलाई बिश्वास गर्न सके मात्र हरेक क्षेत्रमा सफल र सहज तरिकाले काम गर्ने सक्ने बताउनु भयो ।
'दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रबिधिमा युवा पहुँच अभिवृद्धि' भन्ने नारासहित युवा उद्यामशिलता विषयमा भएकाे अन्तरक्रिया कार्यक्रममा तुलसीपुर सामाजिक बिकास केन्द्र, लाइस क्लव अफ दाङ क्यापिटल, सक्सेस एजुकेसन कन्सलटेन्सी र तुलसीपुर उपमहानगरपालिकाले सहकार्य गरेका थिए ।
कार्यक्रमको सहजीकरण युवा सञ्जालकी सचिव प्रेरणा परियारले गर्नु भएको थियो ।
