दाङमा सर्पले डसेर १२ वर्षीय बालक घाइते

दाङमा सर्पले डसेर १२ वर्षीय बालक घाइते


  • 5.8K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.9K Views

    दाङमा सर्पले डसेर १२ वर्षीय बालक घाइते

    तुलसीपुर ३२ साउन/ दाङमा सर्पले डस्दा १२ वर्षीय बालक घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा सर्पले डस्दा तुलसीपुर १७ बेलझुण्डी निवासी हेमा घर्तिका छोरा १२ वर्षीय अग्नी घर्ति घाइते भएका हुन् ।

    images

    बालकलाई घरमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टाउकोमा डसेको थियो । सर्पले डसेर गम्भीर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । उनको अहिलेको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले तेस्रो आँखालाई जानकारी दिनुभयो ।  


    तेस्रो आँखा