सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण

सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण


  • 4.3K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.7K Views

    सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण

    रोल्पा, ३२ साउन । सुनिलस्मृति गाउँपालिका ७ तेवाङले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरेको छ । 

    images

    प्राथमिक स्वास्थ्य चौकी तेवाङसँगको समन्वयमा शुक्रबार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा कार्यालयले कार्यालयले जानकारी दिएको छ । 

    454721234_795712236058614_2574640926683653845_n.jpg

    वडामा सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा वितरणसँगै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएको वडाध्यक्ष रेशम शर्माले जानकारी दिनुभयो । नागरिकको सामान्य स्वास्थ्य परीक्षणसँगै सल्लाह सुझाव प्रदान गरिएको उहाँले बताउनु भयो । सोही अवसरमा २५ जना जेष्ठ नागरिकको खकार परीक्षण समेत गरिएको थियो । अबका दिनमा सामाजिक सुरक्षा भत्ता वितरणको समयमा स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित बनाउने उहाँको भनाई छ ।

    सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य सेवा पनि उपलब्ध हुँदा जेष्ठ नागरिकले खुशी व्यक्त गरेका थिए । पहिले सामाजिक सुरक्षा भत्ता बुझ्न बजार जादा समस्या हुने गर्दथ्यो, तर अहिले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण हुँदा आफूहरुलाई धेरै सहज भएको लाभग्राहीहरुको भनाई छ ।

    454929969_862922345747287_5063215840833126997_n.jpg

    नागरिकको सहजताको लागि सुनिलस्मृति गाउँपालिकाले वैंकसँगको समन्वयमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था केही वर्ष अघिदेखि मिलाएको थियो। 

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि बजारमा रहेको वैंकसम्म जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गरेर वडा स्तरबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको थियो ।


    भरत विश्वकर्मा
    लेखकबाट थप