देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो

देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो


  • 4.8K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.4K Views

    देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो

    काठमाडौँ २ भदौ / देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । ४१६ जना डेंगु संक्रमित थपिएसँगै देशभर डेंगु संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो ।

    images

    साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।

    सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ । ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ ।


    तेस्रो आँखा