• ट्रेण्डिङ्ग :
२४ घण्टामा थपिए २६२ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए २६२ जना कोरोना संक्रमित


  • 6.3K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    २४ घण्टामा थपिए २६२ जना कोरोना संक्रमित

    काठमाडौं, ८ फागुन । पछिल्लो २४  घण्टामा नेपालभर दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा नौ हजार आठ सय १५ जनामा गरिएको नमुना परीक्षणका क्रममा दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    छ हजार पाँच सय ७२ जनाको पिसिआर परीक्षण गर्दा दुई सय २९ जनामा र तीन हजार दुई सय ४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर कोरोना संक्रमणको कारण चार जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ३८ जना कोरोना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार दुई सय ४४ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना

  • तेस्रो आँखा
    लेखकबाट थप