रोल्पा,६ भदौ । रोल्पा नगरपालिकाले लिदै आएको व्यवसायिक करको विरुद्धमा आन्दोलनरत व्यवसायीहरुले बिहिबारदेखि नगरपालिका भित्रका सम्पूर्ण व्यवसाय अनिश्चिकालिन रुपमा बन्द गरेका छन् ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र विभिन्न व्यवसाय सञ्चालन गरि बसेका व्यवसायिहरुबाट संकलन गरिरहेको कर अव्यवहारिक, अव्यवस्थित र गैरकानूनी भएको भन्दै उद्योग वाणिज्य संघ आन्दोलनमा रहेको छ ।
उद्योग वाणिज्य संघ रोल्पा नगरपालिकाले लिएको गैरकानूनी करको विरुद्धमा संयुक्त संघर्ष र परामर्श समिति गठन गरि चरणबद्ध रुपमा आन्दोलनमा रहेको छ ।
व्यवसायिहरुको मागलाई सम्बोधन गर्न विभिन्न चरणमा सरोकारवालासँग समन्वय गर्दा पनि कुनै किसिमको समाधानको पहल नभएकोले नगरपालिका भित्रका सम्पूर्ण व्यवसाय बन्द गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष एवम् संयुक्त संघर्षर परामर्श समिति संयोजक केशवकुमार आचार्यले जानकारी दिनुभयो । व्यवसायिहरुको माग सम्बोधन गर्न पटक पटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदा पनि व्यवसायिको माग सम्बोधन नभएपछि नगरपालिका भित्र सञ्चालिन सम्पूर्ण व्यवसायहरु बन्द गरिएको हो । उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष आचार्यले भन्नुभयो । हामीले सम्पूर्ण व्यावसाय बन्द गर्ने निर्णय गरेका छौ । व्यवासायिहरुको माग सम्बोधन नभएसम्म सम्पूर्ण व्यावसाय बन्द रहनेछ ।
नगरपालिकाले व्यवसायिक कर १०० देखि ६०० प्रतिशत सम्म वृद्धि गरेको, २०८१ मा व्यवसायिक आवद्धता गर्दा पनि २०७४ देखिनै कर लिएको, २०७४ देखिको कर लिदा २०८०/०८१ को लागि निर्णय भए अनुसारको अंकमा कर र जरवाना (विलम्ब शुल्क) लिएको, व्यावसायिक कर निर्धारण गर्दा सम्बन्धित सरोकारवालाहरुको सहभागिता तथा सहमति अनुसार निर्धारण नभएको, लगाएतको कार्यबाट व्यवसायिहरु अन्याय र मर्कामा परेकोले चरणबद्ध विभिन्न संघर्षका कार्यक्रमहरुको आयोजना गरिएको आन्दोलनका लागि गठित संयुक्त संङ्घर्षर परामर्श समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ती
भरत विश्वकर्मा
