रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गरेकाे अमेरिकाकाे दाबी

रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गरेकाे अमेरिकाकाे दाबी


  • 10.7K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गरेकाे अमेरिकाकाे दाबी

    एजेन्सी, ९ फागुन। रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्विरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ। 

    images

    नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन्। तस्बिर सार्वजनिक गरेको सो कम्पनीले केही सातादेखि रूसी सेनाको निर्माणलाई ट्र्याक गरिरहेको छ। 

    युक्रेनसँगको सिमानामा रहेको रुसी व्यारेकबाट सशस्त्र उपकरण र सेनाका नयाँ फिल्ड तैनाथ गरेको स्याटलाई तस्बिरले देखाएको सो कम्पनीले जनाएको छ। 

    आइतबार सोलोटी क्षेत्रका धेरै लडाई एकाइहरू र सहयोगी उपकरणहरू प्रस्थान गरिसकेको स्याटलाईट तस्बिरहरूले देखाएको थियो। 

    सो क्षेत्रभर सवारी साधनको ट्र्याक र सशस्त्र उपकरण बोकेका कन्भोयका ताँती देखिएको पनि कम्पनीले जनाएको छ। 

    ट्र्याक र हिउँका आधारमा ती गतिविधि हालसालैको भएको म्याक्सर न्युज व्युरोका वरिष्ठ निर्देशक स्टेफेन वुडले रोयटर्स समाचार संस्थालाई बताए। ‘मलाई यसले बढ्दो तत्परताको अवस्था संकेत गर्छ,’ वुडले भने। 
     


    तेस्रो आँखा