• ट्रेण्डिङ्ग :
हालसम्म ६७ जनामा हैजा पुष्टि

हालसम्म ६७ जनामा हैजा पुष्टि


  • 3.1K
    SHARES
    • भाद्र ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    हालसम्म ६७ जनामा हैजा पुष्टि

    काठमाडौं ९ भदौ । देशभर हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ ।

    images

    चार जना हैजा सङ्क्रमित उपचाररत रहेको महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा हैजा पुष्टि भएको छ ।  ललितपुरमा ४७ जना, काठमाडौँमा नौ, कैलालीमा आठ, प्युठानमा दुई, मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका मध्ये ६३ जना निको भइसकेको छ ।

    हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ । डा। पुनका अनुसार चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशीका (विशेषगरी खुट्टाको) बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

    सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा बाउडिने जलवियोजन भएर मानिसको मृत्यु समेत हुने गर्दछ ।


    तेस्रो आँखा