नेपालगञ्ज रंशगालामा पूर्व प्रधानमन्त्री प्रचण्ड…

नेपालगञ्ज रंशगालामा पूर्व प्रधानमन्त्री प्रचण्ड…


  • 2.9K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    नेपालगञ्ज रंशगालामा पूर्व प्रधानमन्त्री प्रचण्ड…

    नेपालगञ्ज, १६ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको हो ।

    images

    सो क्रममा उहाले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । हिजो मात्रै सुर्खेतस्थि कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो ।

    ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, उहाले भन्नुभयो, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’

    यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गर्नुभएको हो । उहाले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको थियो । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उहाले स्पष्ट गराउनुभयो ।

    सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थियो । उहासँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता हुनुभएको थियो ।


    तेस्रो आँखा