काठमाडौं १७ भदौ । डेंगूका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगूका कारण मृत्यु भएको हो ।
चितवनमा डेँगूबाट मृत्यू हुने यो पहिलो घटना हो । चितवनमा पछिल्लो २४ घण्टामा १४ जनामा डेँगू संक्रमण देखिएको कार्यलयले जनाएको छ । चितवनमा यो वर्ष परीक्षण गरिएका ३ हजार ४४ परीक्षणमध्ये ७२७ जना संक्रमित भएको तथ्याङ्क छ ।
