बडीमालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर पुष्पन हेल्थ नेपालको टोली फर्कियोे

बडीमालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर पुष्पन हेल्थ नेपालको टोली फर्कियोे


  • 7.0K
    SHARES
    • भाद्र १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 10.8K Views

    बडीमालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर पुष्पन हेल्थ नेपालको टोली फर्कियोे

    दाङ, १८ भदौ । पुष्पन हेल्थ नेपालले सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल बडीमालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर फर्किएको छ । सात दिनको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्वाथ्यकर्मीको टोली फर्किएको हो । 

    images

    पुष्पन हेल्थ नेपालले बडीमालिका मन्दीरको दर्शन गर्न जाने भक्तजनहरुलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । खासगरी श्रावण शुक्ल पूर्णिमाको समयमा मन्दिरको दर्शन गर्न दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । यो मन्दिर समुन्द्री सतहबाट करिब ४ हजार २ सय ६७ मिटरको उचाइमा पर्दछ । उक्त शिविरमा रेडियोलोजी विशेषज्ञ डा. पुष्पराज रिजालको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोली कालिकोटबाट चार दिनको पैदल यात्रापछि बडीमालिका पुगेको थियो । स्वास्थ्यकर्मीको  टोलीले हजारौं भक्तजनसहित स्थानीयहरुको निःशुल्क रुपमा स्वाथ्य जाँच गर्नुका साथै औषधिको व्यवस्था गरेको थियो ।

    2b.jpg

    बाजुरा पुग्नु अघि गएको साउन २९ गते कालिकोट जिल्लाको रासकोट नगरपालिकामा रहेको पुकोट स्वास्थ्य चौकीमा गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्सरे शिविरसमेत सञ्चालन गरिएको थियो। उक्त शिविरमा एक सय बढी महिलाहरूले स्वास्थ्य सेवा लिएको पुष्पन हेल्थ नेपालका प्रमुख डाक्टर रिजालले तेस्रो आँखालाई जानकारी दिनुभयो । यसवर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी भक्तजन,पुजारी र स्थानीय सर्वसाधारणका लागि स्वास,प्रस्वास सम्बन्धि समस्या, सुगर तथा तत्काल देखापरेका समस्याहरूको स्वास्थ्य जाँच र औषधि सेवा प्रदान गरिएको थियो ।

    पुष्पन हेल्थ नेपालले यसअघि पनि विभिन्न विपद्मा परेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । जाजरकोटमा गएको भूकम्पपछि त्यहाँका प्रभावित जनताका लागि समेत संस्थाले निशुल्क स्वास्थ्य  शिविर सञ्चालन गरेको थियो ।

    WhatsApp Image 2024-09-03 at 1.55.10 PM.jpeg


    तेस्रो आँखा