काठमाडौं, १० फागुन। टि–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना फेरी अधुरै भएको छ । विश्वकप छनौटका लागि मंगलबार ओमानमा भएको खेलमा युएईसँग पराजित भएपछि नेपाल यो वर्षको विश्वकप क्रिकेट खेल्ने दौडबाट बाहिरिएको हो ।
मंगलबार भएको विश्वकप छनौटको सेमीफाईनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । युएई विरुद्ध १७६ रनको लक्ष पछ्याएको नेपाल १८.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०७ रन मात्रै बनाउन सक्यो । मंगलबारको खेल जितेको भए नेपालले आगामी विश्वकप क्रिकेट खेल्न पाउने थियो । यसअघी नेपाल २०१४ मा विश्वकप क्रिकेट प्रतियोगीतामा सहभागी हुन पाएको थियो ।
