दाङ १९ भदौ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका वडा नं। ७ मलई निवासी ३५ वर्षिय रेशम बाँठा मगर रहनु भएको छ । मगर बुधबार बिहान ३ बजेको समयमा बारिमा मकै खान आएका बँदेललाई धपाउने क्रममामा बँदेलको आक्रमणमा पर्नु भएको थियो ।
बँदेलको आक्रमणबाट उहाँको खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरलाई उपचारकोलागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । मलईमा बाँके राष्ट्रिय निकुञ्जका बँदेल बारीमा आएर मकै खाने गर्दछन् । बँदेलको आतङकबाट मलईबासीले बर्सेनी सास्ती बेहार्नु परेको छ ।
