काँग्रेस रुपन्देहिले म्यारथन प्रतियोगितामा गर्दै

काँग्रेस रुपन्देहिले म्यारथन प्रतियोगितामा गर्दै


  • 2.2K
    SHARES
    • भाद्र २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.4K Views

    काँग्रेस रुपन्देहिले म्यारथन प्रतियोगितामा गर्दै

    भैरहवा २० भदौ । नेपाली काङ्ग्रेस रुपन्देहिले यहि भदौ २४ गते भैरहवामा खुल्ला मिनि म्यारथन प्रतियोगिता गर्ने भएको छ । 

    images

    १११औं विपि जन्म जयन्तीको अवसरमा  ुखुल्ला मिनि म्याराथन प्रतियोगिताु आयोजना गरिएको नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले जानकारी दिनुभयो । युवाहरुमा खेल क्षेत्र प्रती उत्साह जगाउदै खेलको विकास एबम प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । 

    पाँच किलोमिटरको प्रतियोगिता एयरपोर्टबाट सुरु भै लुम्बिनी रोड, बुद्ध.चोक, ब्रमेलिटोल, नारायथान हुदै मिलनचोक आएर समापन हुनेछ कार्यक्रम सयोजक ओम कुमार श्रेष्ठले जानकारी बताउनुभयो । प्रतोयोगित बिहान साढे ६ बजेदेखि सुरु हुनेछ ।

    प्रतियोगितामा खुल्ला र महिला तर्फक बिजेताले अलग अलग पुरस्कार पाउने छन । खुल्ला तर्फ प्रथम पुरुस्कार रु १० हजार र मेडल, द्वितीय पुरस्कार रु ५ हजार र मेडल, तृतीय पुरस्कार रु। ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई  रु. १ हजार ५ सय र मेडल दिइने छ । 

    त्यसैगरी महिला तर्फ प्रथम पुरुस्कार रु १० हजार तथा मेडल, द्वितीय पुरस्कार रु ५ हजार र मेडल, तृतीय पुरस्कार रु। ३ हजार र मेडलको ब्यवस्था गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताउनुभयो । 


    तेस्रो आँखा