• ट्रेण्डिङ्ग :
यातायात कार्यालय दाङमा ५१ करोड बढी राजस्व संकलन

यातायात कार्यालय दाङमा ५१ करोड बढी राजस्व संकलन


  • 5.0K
    SHARES
    • भाद्र २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.6K Views

    यातायात कार्यालय दाङमा ५१ करोड बढी राजस्व संकलन

    तुलसीपुर, २५ भदौ । यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले गत आर्थिक वर्ष  २०८०/८१ मा रु ५१ करोड, ४७ लाख, २६ हजार, २५ रुपैँया राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा ६ करोड, ३७ लाख, ७१ हजार,  ३ सय ६ बढि  राजस्व संकलन गरेको हो ।

    images

    यातायात व्यवस्था कार्यालय दाङका प्रशासन अधिकृत लोकबहादुर केसीका अनुसार आव २०७९/८० मा ४५ करोड, ९ लाख, ५४ हजार, ७ सय १९ राजस्व संकलन भएको हो । अधिकृत केसीले गत आर्थिक बर्ष २०८०/८१ मा कुल  ४ हजार, ५ सय ४६  सवारी दर्ता हुँदा ८ हजार, ५ सय ३ जनालाई नयाँ र  २ हजार, ६ सय ३२ जनालाई वर्गथप सवारी चालक अनुमतिपत्र वितरण गरिएको बताउनुभयो । त्यसैगरी कार्यालयबाट ४ हजार ७३ जनाले सवारी जाचपास  गरेको जानकारी दिनुभयो ।

    गत आर्थिक बर्षमा नयाँ दर्ता हुने सवारीसाधन मध्ये सबैभन्दा धेरै मोटरसाईकल दर्ता भएको कार्यालयका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल ३ हजार, ७ सय, ८७, इ–रिक्सा २ हजार, ४ सय ८१, बस ८५, मिनिबस ५७, कार १ सय ७, ट्याक्टर १ सय २०, मिनिट्रक २ सय १३ सवारी दर्ता भएका छन ।

    दर्ता भएका सवारी मध्ये ३ हजार ४ सय ६३ निजी, ६८ सरकारी, ३ सय ११ भाडाका सवारी साधन दर्ता भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । 

    त्यस्तैगरी सबैभन्दा बढी सवारी सधानबाट ३६ करोड, ४३ लाख, २ हजार १ सय ९१ राजस्व संकलन भएको थियो । 

    गत आर्थिक वर्षमा ट्रायलपास गरेका सेवाग्राही मध्ये २०२४ अप्रिल सम्मको स्मार्ट लाईसेन्स आएको कार्यालयका प्रशासन अधिकृत केसीले बताउनुभयो ।

    अधिकृत केसीले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा हप्ताको चार दिन र प्रयोगात्मक परीक्षा महिनाको एकदिन हुँदै आएकोमा भदौ महिनादेखि प्रयोगात्मक परीक्षा एक महिनामा दुई पटक सञ्चालन गरिने तेस्रो आखालाई जानकारी दिनुभयो । 


    तेस्रो आँखा