दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता हुने

दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता हुने


  • 3.1K
    SHARES
    • भाद्र २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता हुने

    दाङ, २७ भदौ । पश्चिम दाङमा दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । 

    images

    कालितारा युवा क्लब बबई वडा ७, को आयोजनामा तथा कालितारा माईला दाईको प्रायोजनमा कालितारा खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो असोज १८ गतेदेखि सुरु हुनेछ ।

    फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ बडा दशैका अवसरमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्रतियोगिताका प्रायोजक कालितारा माईला दाईले जानकारी दिनुभयो ।

    असोज २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार एक सय एकाउन्न रुपैयाँ कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमलाई नगद एकाउन्न हजार पाँच सय पच्पन्न रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । 

    जसअनुसार बेष्ट प्लेयर, हाई स्कोरर र बेष्ट किप्परलाई जनही नगद एक र एक हजार, ट्रफी प्रमाणपत्र, त्यस्तै प्रत्येक म्याचको म्यान अफ म्याचलाई मेडल प्रदान गरिने आयोजकका समीर डाँगीले जानकारी दिनु भयो । 

    असोज १७ गतेसम्म टिम दर्ताका लागि अन्तिम समय सीमा तोकिएको प्रतियोगितामा सहभागी हुने टिमका लागि टिम दर्ता शुल्क आठ हजार रुपैयाँ राखिएको छ । यसैबीच प्रतियोगिताको तयारीलाई तिव्र पारिएको आयोजकले बताएको छ ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप