दाङमा स्क्रब टाइफस फैलिदै

दाङमा स्क्रब टाइफस फैलिदै


  • 9.6K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 14.7K Views

    दाङमा स्क्रब टाइफस फैलिदै

    दाङ २८ भदौ । दाङमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखिने बिरामीको संख्या बढ्दै गएको हो ।

    images

    २०८१ सालको पछिल्लो ५ महीनामा १ सय बढि बिरामीहरुमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनु भयो । गएको बैशाखदेखि भदौ २७ गतेसम्ममा १ हजार ३ सय ८४ जना विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा १ सय ५७ जनामा पोजेटिभ देखिएको भट्टराइले बताउनु भयो ।

    स्क्रब टाइफसका पोजेटिभ देखिएका ती बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने र बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने पनि हुन्छ । सुचना अधिकारी भट्टराइले दिएको जानकारी अनुसार २०८० साउनदेखी २०८१ असार मसान्तसम्ममा ३ हजार ९ सय ४२ जना विरामीमा परीक्षण गरीएकोमा ७ सय ३६ जनामा पोजेटिभ देखिएको थियो ।


    तेस्रो आँखा