• ट्रेण्डिङ्ग :
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न


  • 5.6K
    SHARES
    • भाद्र २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 8.6K Views

    सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न

    तुलसीपुर, २९ भाद्र । तुलसीपुरमा कार्यालय रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ।सभालाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि टिकाराम खड्काले सहकारी समाजको मेरुदण्ड भएको बताउनुभयो । 'कुनैबेला बैंकहरु टाँट पल्टिएका थिए, बैंकले ऋण दिन सक्दैनथ्यो, तर आज बैंकसँग पैसा छ - ऋण खाने मान्छे छैन' - उहाँले भन्नुभयो - 'सहकारीहरुले साना र मझौला व्यापारीहरुलाई ऋण दिएर उनीहरूको आर्थिक स्तर उकास्नमा मद्दत पुऱ्याएको छ।' यसकारण सहकारी समाजको मेरुदण्ड हो - मेयर खड्काको भनाइ थियो ।

    images
    IMG-20240914-WA0007.jpg

    कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य वक्ताहरूमा जिल्ला बचत सङ्घका सल्लाहकार सुरेन्द्र खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र शाह, लुम्बिनी प्रदेश बचत सहकारी संस्थाका सचिव रूपबहादुर खत्री र नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव भद्रबहादुर वली रहनुभएको थियो।

    कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाको सचिव दुर्गा शर्माले प्रस्तुत गर्नुभएको थियो। भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष पहल रोकाले गर्नुभएको थियो।

    संस्थाका उपाध्यक्ष लालबहादुर केसीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिलाराम बिष्टले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव दुर्गा शर्माले गर्नुभएको थियो।


    तेस्रो आँखा