मानिसले आफ्नो मनलाई चिन्न सक्नुपर्दछ : नायक उप्रेती

मानिसले आफ्नो मनलाई चिन्न सक्नुपर्दछ : नायक उप्रेती


  • 7.6K
    SHARES
    • भाद्र २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 11.7K Views

    मानिसले आफ्नो मनलाई चिन्न सक्नुपर्दछ : नायक उप्रेती

    तुलसीपुर, २९ भदौ । पृथ्वी गोलो छ, सूर्य गोलो छ, चन्द्रमा पनि गोलो छ र यिनीहरु घुम्ने परिधि पनि गोलो नै छ । त्यसरी नै मानवीय कर्मको परिणाम पनि गोलो नै हुन्छ । किनकी यी सबै प्रकृतिले सिर्जना गरेका अवयवहरु हुन् । त्यसकारण मानिसले सबैभन्दा पहिले आफूलाई र आफ्नो मनलाई बुझ्नु पर्दछ । जसले आफूलाई र आफ्नो मनलाई बुझ्न सक्छ अथवा बुझेको हुन्छ त्यो सबैभन्दा धनी हो । किनभने मानवले गरेको कर्मका आधारमा उसले परिणाम प्राप्त गर्दछ । यी भनाइ हुन् चर्चित नायक तथा आध्यात्मिक अभियान्ता निखिल उप्रेतीको । 

    images

    शनिवार तुलसीपुरको मेट्रो होटलमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको पाँचौँ साधारणसभालाई विशिष्ट अतिथिकोरुपमा सम्बोधन गर्न यहाँ आएका नायक उप्रेतीले मानिसले कसैको मन दुख्ने व्यवहार गर्न नहुने औंल्याउँदै जसले अभद्र व्यवहार गर्दछ, केही समयको अन्तरालपछि घुमिघुमि उसलाई र उसका परिवारलाई त्यो अभद्र व्यवहारको परिणाम अभद्र नै आइलाग्ने स्पष्ट पार्नुभयो । 

    IMG_7003-min.JPG

    उहाँले चलचित्रको नायक हुनुभन्दा व्यावहारिक जीवनको नायक भएर देखाउन सके त्यसले समाजलाई सकारात्मक दिशातिर लैजाने हुँदा चलचित्रको अभिनयमा नायकको भन्दा समाजको मुहार फेर्ने नायकको जीवन सफल र चर्चित हुने बताउनु भयो । अहिले यातायात सेवा प्रालिका अध्यक्ष शुरेस हमाल आफ्नो कर्मको कारण वास्तविक नायक भएको दावी गर्नुभयो ।  

    मानिसहरु कुकर्म गरेर अकूत सम्पत्ति आर्जन गर्छन् । समाजमा तिनका छोराछोरी र परिवारले अनियमितता गरी आर्जेको धनको रवाफ देखाउँछन् । यसबाट समाजका अन्य मानिसहरु उनीहरुको जिन्दगी आनन्दको छ भनि लोभिन्छन् । तर कुकर्म गरेर कमाएको धनका कारण ती मानिसहरुले राती निदाउन सक्दैनन् र मदिराको सेवन गर्न बाध्य हुन्छन् । त्यसरी धन कमाएको के फाइदा ? नायक उप्रेतीको प्रश्न थियो ।


    तेस्रो आँखा