काठमाडौं, १२ फागुन। एक गायिका र नायक पल शाह प्रकरणमा दुर्गेश थापा जोडिएका छन् । आफूमाथि बलात्कार मुद्दा परेपछि नायक शाहले आफूसँग भएका केही अडियोहरु सार्वजनिक गरे।
उनले आफूलाई फसाउन खोज्ने ४ जनाको नामै समेत उल्लेख गरे। यो सूचीको पहिलो नम्बरमा छन् – गायक तथा मोडल दुर्गेश थापा। उक्त अडियोमा पनि दुर्गेशले समिक्षालाई फसाउने योजना सिकाइरहेको प्रष्टै सुनिन्छ। समिक्षा पल प्रकरणमा गायक दुर्गेश थापा जोडिएपछि दुर्गेश आलोचित बनेका छन्।
उनीमाथि हदैसम्मको गाली वर्षिएका छन्। पललाई फसाउने प्मुख योजनाकारका रुपमा दुर्गेशलाई दर्शकहरुले अपशब्द प्रयोग गरेरै गाली बर्साएका छन्। यता गायक दुर्गेशले भने आफू यो प्रकरणमा निर्दोष रहेको बताएका छन्। तर पल शाहलाई विवाहका लागि दबाब दिन समिक्षालाई सिकाएको उनले स्वीकारे। तेस्रो आँखाकर्मी देवेन्द्र बस्नेतले विवादमा मुछिएका गायक दुर्गेशसँग कुराकानी गरेका छन्।
के भन्छन् दुर्गेश ? अडियो सुनौँ ।
